हुण्डाइद्वारा विश्वकप २०२२ लक्षित “टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा”

लोकपथ
39
Shares

काठमाडौं । हुण्डाइ गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्वकप २०२२ लक्षित “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन “हुण्डाई टेष्ट ड्राईभ, वाच लाईभ फिफा वल्र्ड कप २०२२” को विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् ।

आज मंगलवार गरिएको लक्की ड्र मार्फत २ जना विजेताहरुको छनौट भएका छन् । लक्की ड्र मार्फत विजयी हुनेहरुमा शेर बहादुर जि.सी र हस्तमाया गुरुङ्ग रहेको कम्पनीले जनाएको छ । दुई विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुण्डाइ नेपालले व्यहोर्ने छ ।

यस योजनामा सहभागी जनाउन १९ जुलाई देखी ३० सेप्टेम्बर सम्म नेपालभरी रहेका हुण्डाइको १७ वटा सोरुमहरुबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गरि आफूलाई रजिष्टर गर्नुपर्ने थियो । यस क्याम्पेनले पर्यावरण दिगोपनका लागि हुण्डाईको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको थियो र क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्याधिक चर्चा बटुल्न पनि सफल रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?