१३ चैत्र २०७९, सोमवार

नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न सक्दैन : बिजुक्छे

२०७४,कार्तिक,१,बुधबार ०५:३१

0
Shares

भक्तपुर, १ कात्तिक ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन ।मंगलबार नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उनले ठूला पार्टीले साना पार्टीलाई रोक्न थ्रेसहोल्ड लगाएको आरोप लगाए ।उनले भने– “थ्रेसहोल्डको आतंकले नेमकिपालाई निर्वाचनमा जान कसैले रोक्न सक्दैन, पञ्चायतकालमा समेत जनताको बीच गएको हाम्रो पार्टी जनताको मतबाटै राष्ट्रिय पार्टी हुनेछ ।”बिजुक्छेले जनताबीच सरकारमा रहने ठूला दलको गलत कामको भण्डाफोर गर्ने बताउँदै देशलाई जोगाउन पनि नेमकिपा संसद्मा पुग्नु जरुरी रहेको जिकिर गरे ।सरकारले ख्वप विश्वविद्यालयको विधेयक सदनमा पेश नगरेकोप्रति चर्को आलोचना गर्दै बिजुक्छेले सरकारलाई घुस खुवाएर विश्वविद्यालय स्थापना गर्ने पक्षमा नेमकिपा नरहेको बताए ।कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, केन्द्रीय सदस्यहरु डिल्लीप्रसाद काफ्ले र केस तथा काभ्रे जिल्ला अध्यक्ष कृष्णकुमार वैद्य, केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जन, केन्द्रीय सदस्य अनुराधा थापामगर, भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजू, उपाध्यक्ष सुरेन्द्रराज गोसाई, नेक्रावि संघका अध्यक्ष नीरज लवजूलगायतले भारतको इशारामा बाम तथा लोकतान्त्रिक गठबन्धन भएको आरोप लगाउँदे सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग सरकारकै पक्षमा रहेको भन्दै आलोचना गरे ।

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार ०५:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६