राष्ट्र बैंकद्वारा ५६ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको प्रस्ताव

लोकपथ
39
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५६ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव गरेको छ । सोमवार राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनी समेतको नाउँमा सूचना जारी गर्दे उक्त परिमाणको रकम लगानीको लागि प्रस्ताव आव्हान गरेको हो ।

उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६७ दिने मुद्धती निक्षेपकोरुपमा २०७९ कात्र्तिक तीन गतेदेखि २०८० कात्र्तिक चार गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । लगानीको लागि छु्ट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि ४४ करोड ८० लाख, विकास बैंकहरुको लागि आठ करोड ४० लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड ८० लाख रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।

रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही असोज २६ गतेसम्ममा नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याजसमेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको लगायतका न्यूनतम प्रावधानहरु तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?