पुटिन मिसाइलसँग वार्ता गर्ने अतिवादी हुन : युक्रेनी विदेशमन्त्री

लोकपथ
65
Shares

काठमाडौं । युक्रेनका विदेशमन्त्री दिमित्रि कुलेबाले युक्रेनभरि रुसी मिसाइल आक्रमणले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘मिसाइलसँग छलफल गर्ने अतिवादी’ भन्ने देखाएको बताएका छन् ।

‘रुसी क्षेप्यास्त्रहरूद्वारा युक्रेनभर हमला । पुटिनको एक मात्र कार्यनीति शान्तिपूर्ण युक्रेनी शहरहरूमा आतंक हो, तर उनले युक्रेनलाई तोड्ने छैनन् । यो पुटिनसँग शान्तिको बारेमा कुरा गर्न चाहने सबै शान्तिकामीलाई उनको जवाफ होः पुटिन एक आतंकवादी हुन जसले मिसाइलसँग वार्ता गर्छन्’ कुलेबाले ट्वीटरमा लेखेका छन् ।

रुसले सोमबार राजधानी किभ र दक्षिण पश्चिमका सहरहरूलाई लक्षित गरी घातक हमला गरेको थियो । रुसी सनोले कम्तीमा ७५ वटा मिसाइल प्रहार गरेको युक्रेनले दाबी गरेको छ । केही साताको अन्तरालपछि रुसी सेनाले शृंखलाबद्ध हमला गरेको थियो । हमलामा देशको उर्जा पूर्वाधारमा पनि ठूलो क्षति भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?