युक्रेन हमलामा ७५ मिसाइल र इरानी ड्रोन प्रयोग : जेलेन्स्की

लोकपथ
143
Shares
FOTO DE ARCHIVO: Presidente de Ucrania Volodimir Zelenski habla durante una conferencia de prensa en Kiev, Ucrania, 12 de marzo del 2022. Servicio Presidencial de Ucrania /Handout via REUTERS

काठमाडौं । रुसलाई क्रिमिया जोड्ने पुलमा विष्फोटको बदलामा रुसले सोमबार युक्रेनी शहरहरूमा बमबारी गरेर सर्वसाधारणको हत्या र पूर्वाधारमा ठूलो क्षति गराएको छ । आक्रमणमा रुसले इरानी ड्रोन प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

राजधानी किभ र दक्षिण पश्चिमका सहरहरूलाई लक्षित गरी घातक हमला भएको देशको सेना प्रमुखले बताएका छन् । युक्रेनमा कम्तीमा ७५ वटा मिसाइल प्रहार गरेको उनले बताएका छन् ।

केही साताको अन्तरालपछि रुसी सेनाले शृंखलाबद्ध हमला गरेको थियो । हमलामा देशको उर्जा पूर्वाधारमा पनि ठूलो क्षति भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

‘ हामी आतंककारीहरूसँग लडिरहेका छौँ । दर्जनौँ मिसाइल र ड्रोनले देशभरका उर्जा फ्यासिलिटिजमा निशाना बनाइएको छ’, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?