देउवाको जन्ममिति फरक परेको भन्दै मल्लले दिए उजुरी

लोकपथ
754
Shares

कैलाली । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति फेला परेको हो ।

देउवाको नागरिकतामा २००३ ज्येष्ठ ३१ गते जन्ममिति रहेको र मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको पाइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उनको उम्मेदवारी विरुद्ध कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्लले उजुरी दिएका हुन् । मल्ल अघिल्लो पटक नेपाली कांग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?