नेप्से परिसूचक दोहोरो अंकले घट्यो

लोकपथ
52
Shares

काठमाडौं । आईतवार ४४ अंकले बढेको नेप्से परिसूचक सोमवार २७ अंकले घटेको छ । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक २७.१६ अंकले घटेर घटेर १८७१.२२ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.५६ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंकले घटेको छ ।

सोमवार कोरोबारमा आएका २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमा म्युचुअल फण्ड बाहेक १२ वटा उपसमूहको सूचक घटेको छ । जसमा हाइड्रोपावर, फाइनान्स र विकास बैंक उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरै घटेको छ ।

नेप्से परिसूचकमा गिरावट भएपनि सोमवार अभियान लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै,उन्नती सहकार्य लघुवित्तको २.६८ प्रतिशत र ओरियन्टल होटलको २.०४ प्रतिशतले बढेको छ ।

यता सिभिल लघुवित्तको सेयरमूल्य ६.३३ प्रतिशतले घटेको छ भने कर्णाली डेभलपमेण्ट बैंकको ५.६० प्रतिशतले घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?