काठमाडौं । काठमाडौं क्षेत्र नं ५ बाट गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले चुनावी अभियान थालेका छन् ।
आइतबार उम्मेदवारी दर्ता गरेका पौडेलले सोमबारबाट घरदैलो सुरु गरेका हुन् । सो क्रममा नेता पौडेल काठमाडौं–५ अन्तर्गत पर्ने हाँडीगाँउमा लाग्ने जात्रामा समेत सहभागि भएका छन् । लिच्छवीकालदेखि नै मनाइँदै आएको जात्रामा नेता पौडेल सहभागि भएका हुन् ।
पौडेलले जात्रामा सहभागि हुन आएका वृद्धवृद्धासँग आर्शिवाद समेत लिएका थिए । सोही क्रममाजात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग समेत नेता पौडेलको भेट भएको छ ।
भेटघाटका क्रममा मेयर उपमेयरबीच सौहार्द कुराकानी भएको थियो ।

तस्बिर : अभिषेक लम्साल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया