आईपीओ निष्काशन गर्ने तयारीमा छन् यी पाँच कम्पनी

लोकपथ
39
Shares

काठमाडौं । थप पाँच वटा कम्पनीहरुले साधारण सेयर (आईपीओ) निष्काशनको लागि अनुमती माग गर्दे नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिएका छन् । बोर्डका अनुसार सगरमाथा जलविद्युत कम्पनी, माईखोला हाईड्रो पावर लिमिटेड, मोदी इर्नर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र मेन्छियाम हाईड्रो पावर लिमिटेडले साधारण सेयर निष्काशनको लागि अनुमती माग गर्दे बोर्डमा आवेदनमा दिएका हुन ।

सो मध्ये सगरमाथा जलविद्युत कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको लागि अनुमती मागेको छ । कम्पनीले बिक्री प्रर्वन्धक प्रभु क्यापिटलमार्फत एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ५४ लाख ८८ हजार कित्ता सेयर निष्काशनको अनुमती माग गर्दै आवेदन दिएको हो ।

यसैगरी, माईखोला जलविद्युत कम्पनीले पनि १९ करोड २१ लाख ५६ हजार आठ सय रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको लागि अनुमती माग गरेको छ । कम्पनीले बिक्री प्रर्वन्धक प्रभु क्यापिटलमार्फत एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी १९ लाख २१ हजार पाँच सय ६८ कित्ता साधारण सेयरको लागि बोर्डमा आवेदन दिएको हो । मोदी इर्नर्जी लिमिटेडले पनि ७२ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको लागि अनुमती माग गरेको छ । कम्पनीले बिक्री प्रर्वन्धक सनराईज क्यापिटलमार्फत एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनको लागि अनुमती माग गरेको हो ।

बोर्डका अनुसार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि एक अर्ब २३ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको लागि आवेदन दिएको छ । उक्त कम्पनीले बिक्री प्रर्वन्धक एनआईबिएल एस क्यापिटलमार्फत एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी एक करोड २३ लाख कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुमती माग गरेको बोर्डको भनाई छ ।

मेन्छियाम हाईड्रो पावर कम्पनीले पनि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको लागि अनुमती माग गर्दे बोर्डमा आवेदन दिएको छ । बोर्डका अनुसार उक्त कम्पनीले बिक्री प्रर्वन्धक एनआईसी एशिया क्यापिटलमार्फत एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी १६ लाख २७ हजार सात सय ५० कित्ता साधारण सेयर निष्काशनको लागि अनुमती माग गर्दे आवेदन दिएको हो ।

यि हुन साधारण सेयर निष्काशनको तयारीमा रहेका कम्पनीहरु :-

क्र.स.          कम्पनीको नाम                        कित्ता          रकम                  बिक्री प्रर्वन्धक
१.          सगरमाथा जलबिद्युत कम्पनी        ५४८८००       ५४८८०००००      प्रभु क्यापिटल लिमिटेड
२.          माईखोला हाईड्रो पावर लिमिटेड     १९२१५६८     १९२१५६८००      प्रभु क्यापिटल लिमिटेड
३.          मोदी इर्नर्जी लिमिटेड                    ७२५००००      ७२५००००००     सनराईज क्यापिटल लिमिटेड
४.         सोनापुर मिनरल्स एण्ड आयल लि.    १२३०००००     १२३०००००००    एनआईबिएल क्यापिटल लि.
५.        मेन्छियाम हाईड्रो पावर लिमिटेड      १६२७७५०      १६२७७५०००    एनआईसि एशिया क्यापिटल लि

(श्रोत नेपाल धितोपत्र बोर्ड )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?