बिजी होल्डिङसद्वारा ग्यापु मार्केटप्लेसलाई अक्वायर

लोकपथ
26
Shares

काठमाडौं । लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अक्वायर गरेको छ । ग्यापुले अहिले नेपाल भरि नै सामान डेलिभरी गर्दै आएको छ ।

ग्यापुले घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवम् स्वास्थ्यसम्बन्धी सामाग्री देशैभरि डेलिभर गरिरहेको छ । वर्न इन लकडाउन रेज इन लकडाउन स्लोगन रहेको ग्यापुले मार्केटप्लेसले अहिले दैनिक ७ सयभन्दा बढी अर्डरहरु नेपालभर पुर्‍याइरहेको छ । ग्यापुलाई बिजी होल्डिङले अक्वायर गरेसँगै ग्यापुका संस्थापक एवम् सिइओ ज्ञानेन्द्र खड्काले आफ्नो पद छोडेका छन् । साथै बिजी होल्डिङले ग्यापुका अपरेसन हेड सुजनी केसीलाई डेप्युटी सिइओको रुपमा नियुक्त गरेको छ ।

ग्यापुले अहिले दसैँलाई लक्षित गर्दै विभिन्न सामान किन्दा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । ग्यापुको दसैँ धमाका अफर असोज ३ देखि कात्तिक १० गतेसम्म चल्नेछ । यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा भारी छुट पाउनेछन् ।

ग्राहकले सामान खरिद गर्दा फोन पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा, प्रभु पे र जुनसुकै बैंकको मोबाइल बैकिङबाट पनि ‘क्यु आर’ कोडमार्फत भुक्तानी गर्न सक्छन् । त्यस्तै, विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधासमेत उपलब्ध छ । ग्राहकले डेलिभरीको समयमा नगदसमेत दिन सक्ने कम्पनीले बताएको छ ।

हाल ग्यापुमा हजारबढी भेन्डर र चार लाख बढी प्रोडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाईट र मोबाइल एपमार्फत तीन हजार पाँच सयभन्दा बढी भेन्डर्स र दुई लाख १५ हजार भन्दा बढी ग्राहक दर्ता भइ सेवा लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?