नेपाल र इटालीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना

लोकपथ
39
Shares

काठमाडौं । नेपाल र इटालीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरिएको छ । दुई देशको परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गरिएको हो ।

संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्र (एमओयु) मा सोमवार परराष्ट्र सचिव भरतराज पौड्याल र नेपालका लागि इटालीका राजदूत भेन्सेन्जो डि लुकाले हस्ताक्षर गरेका छन् । परराष्ट्र मन्त्रालयमा आयोजि एक कार्यक्रमबीच एमओयुमा हस्ताक्षर गरिएको मन्त्रालयले जनाएको छ ।

दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन र सहयोगका क्षेत्र विस्तार गर्न संयन्त्र महत्वपूर्ण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?