सन्दीपले बयानमा भने– ‘जाहेरीवालाले मसँग भेट्दा १९ वर्षकी भएँ भन्थिन्’

दुईवटा जन्मदर्ता बनाएको खुलासा

लोकपथ
780
Shares

काठमाडौं । नेपाली क्रिकेट टाेलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने जाहेरवाला नाबालिग नभएको दाबी गरेका छन् । गत असोज २० गते पक्राउ परेका लामिछानेले आफूमाथि आरोप लगाएकी किशोरी नाबालिग नरहेको न्यायाधीशसामू दाबी गरेका हुन् ।

हाल प्रहरीको हिरासतमा रहेका लामिछानेलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको थियो । सोही क्रममा बयान दिनेक्रममा सन्दीपले न्यायाधीशसामू आफूले भेटेको किशोरी नाबालागि नरहेको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

सन्दीपले बयानका क्रममा आफूमाथि आरोप लगाउने किशोरीले आफ्नो उमेर १९ वर्ष भएको बताएका थिए । र, ती किशोरीले अध्ययनका लागि उमेर घटाएर अर्को जन्मदर्ता बनाएको पाइएको अधिकारीको दाबी छ ।

अधिवक्ता अधिकारीका अनुसार बयानका क्रममा सन्दीपले आफ्नो गोपनीयनता भंग भएकोबारे कानुनी उपचार हुन्छ कि हुँदैन भन्नेबारे न्यायधीससामू प्रश्न समेत राखेका थिए । जवाफमा मुद्धाको सुनावाइका क्रममा यस विषयलाई उठाउन सुझाएको अधिकारीले जानकारी दिए ।

अदालतले भने सन्दीपलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे छ ।  २७ गते अदालतमा फेरि हाजिर हुने शर्तमा ७ दिनको लागि म्याद थपिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?