सुनको मूल्य तोलामा ८ सयले घट्यो

लोकपथ
104
Shares

काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आठ सय रुपैयाँले घट्दै ९५ हजार दुई सय रुपैयाँमा झरेको हो ।

आज तेजाबी सुनको मूल्यसमेत तोलामा आठ सय रुपैयाँले घट्दै ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?