हालसम्म नेपालमा ९ लाख ८७ हजारबढी कोरोनाका बिरामी भए निको

लोकपथ
26
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ९ लाख ८७ हजार २ सय ९८ जना बिरामी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणकालिन अवस्था कायम रहेपनि उक्त संख्यामा कोरोना संक्रमित बिरामीहरु निको भएका हुन् ।

पछिल्लो २४ घण्टाको तथ्याङ्कलाई हेर्दा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या १ ले बढी छ । सो अवधिमा गरिएको कुल १ हजार ७ सय ६१ परीक्षणमध्ये आरटी पिसिआर विधिबाट २० र एन्टीजेन विधिबाट २ जना गरि २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट कसैले पनि ज्यान गुमाएको छैन् । त्यस्तै, तथ्यांकमा पछिल्लो २४ घण्टामा कोभिड विरुद्धको खोप लगाउनेको संख्या १९ हजार ४ सय ६१ रहेको छ ।

सो समयमा २३ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् भने यो सँगै अब देशभरमा जम्मा कोरोनाका सक्रिय संक्रमितको ५ सय ७० रहेका छन् ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?