वारिसनामा मार्फत् देउवाले गरे उम्मेदवारी दर्ता

लोकपथ
143
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट सातौं पटक उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रधानमन्त्री देउवाको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा.आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

प्रधानमन्त्री देउवाको कार्य व्यस्तताको कारणले वारिसनामासहित प्रधानमन्त्री पत्नी राणा शनिवार बेलुका डडेल्धुरा पुगेकी थिइन् ।

देउवाको प्रस्तावक जिल्ला पार्टी सचिव हेमराज चटौत र समर्थकमा पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?