कांग्रेसमा स्वतन्त्र उम्मेदवारी दिने बढ्दै

लोकपथ
325
Shares

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता आइतवार हुँदैछ । देशका एक सय ६५ प्रतिनिधिसभा र प्रदेश सभाको तीन सय ३० निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी छ ।

मनोनयन दर्ताअनुसार अहिलेसम्म प्रत्येक पार्टीमा असन्तुष्टि उत्पन्न भई स्वतन्त्र र बागी उम्मेदवारी दिने लहर चलेको छ । जसमा सबैभन्दा बढी असन्तुष्टि नेपाली कांग्रेसमा देखिएको छ ।

पार्टीले टिकट नदिएको तथा सत्तारुढ गठबन्धनका अन्य दललाई भागबन्डा दिनुपर्दा निर्वाचन क्षेत्र गुमेपछि कांग्रेस नेताहरूले धमाधम स्वतन्त्र उम्मेदवारी दिइरहेका छन् । अहिलेसम्म तीन नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।

केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन ३ र अजय द्विवेदीले पर्सा १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सर्लाही ४ बाट कांग्रेसकै अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् । सर्लाही ४ मा कांग्रेसले नागेन्द्र राय यादवलाई टिकट दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?