रौतहट–२ मा अफताब आलमका छोराले पाए टिकट

लोकपथ
77
Shares

काठमाडौं । रौतहट क्षेत्र नम्बर–२ मा मोहम्मद अफताब आलमका छोराले टिकट पाएका छन् । आलमका जेठो छोरा डा. फिरदोस आलमले टिकट पाएका हुन् । नेपाली कांग्रेसबाट उनी प्रतिनिधि सभामा चुनाव लड्ने भएका हुन् ।

मोहम्मद अफताब आलम जेल जीवन बिताइरहेका छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस भएको थियो । पार्टीले उनकै परिवारका सदस्यलाई टिकट दिने निर्णय गरेको छ । टिकट पाएका आलम पूर्वप्रहरी निरीक्षक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?