१३ चैत्र २०७९, सोमवार

माओवादीलाई आएको ‘चुनाव सार्ने सूचना’ बारे यसो भन्यो आयोगले

२०७४,कार्तिक,१,बुधबार ०१:३९

0
Shares

काठमाडौँ, १ कात्तिक- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सार्नेबारे कुनै सूचना नआएको र त्यस्तो विषय कतै प्रवाहसमेत नभएको प्रस्ट पारेको छ । सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना आयोगबाट पाएको भन्दै सत्ता नछाडेका माओवादी केन्द्रका मन्त्रीहरूको दाबीलाई आयोगले अस्वीकार गरेको छ ।प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंगलबार निर्वाचन सर्न सक्नेसम्बन्धी कुनै पनि सूचना आयोगले प्राप्त नगरेको बताए, कान्तिपुरमा खबर छ । ‘आयोगले सम्पूर्ण तयारी गरिरहेको छ,’ उनले भने, ‘चुनाव सर्ने कल्पनासमेत आयोगले गरेको छैन ।’ उनले निर्वाचन सामग्री व्यवस्थापन, मतपत्र छपाइजस्ता कामलाई तीव्रता दिइएको बताए ।आयुक्त नरेन्द्र दाहाल पनि निर्वाचन सर्नेबारे कुनै छलफल वा परामर्श नभएकाले त्यस्तो सूचना आयोगबाट गएको विषयलाई अस्वीकार गर्छन् । ‘सरकारले औपचारिक वा अनौपचारिक कुनै प्रकारले चुनाव सार्ने विषयमा हामीसँग परामर्श गरेको छैन,’ उनले भने, ‘आयोग सम्पूर्ण रूपमा चुनावी तयारी जुटेको छ । तोकिएकै मितिमा चुनाव हुनेमा शंका नगरे हुन्छ ।’

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार ०१:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६