काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतवार बिहान सार्वजनिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीले पेश गरेका ११० जना को नामावली सार्वजनिक भएको हो ।
जसअनुसार प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरूको पहिलो नम्बरमा डा. ढाकाकुमार श्रेष्ठको नाम सिफारिस गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, दलित, थारु, अपांगतासहितका उम्मेदवारलाई स्वतन्त्र पार्टीले समाबेशी सूचीमा राखेको छ ।
राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया