कर्णालीका मुख्यमन्त्री शाही प्रदेश सभामा लड्ने

लोकपथ
156
Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः प्रदेश सभामा उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसले शाहीलाई हुम्ला (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसले शाहीलाई हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा (ख) बाट उम्मेदवार सिफारिस गरेको थियो । आगामी मंसिर ४ मा हुने चुनावमा प्रतिनिधि सभामा लड्ने बताउँदै आएका शाहीलाई पुनः प्रदेशसभा सदस्यकै लागि उम्मेदवार बनाउने निर्णय भएको कर्णाली प्रदेश सभापति ललितजंग शाहीले जानकारी दिए ।

सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा हुम्लामा प्रतिनिधिसभा सदस्य नेकपा माओवादी केन्द्रको भागमा परेको छ । प्रदेशसभा (क) पनि माओवादी केन्द्रकै भागमा परेको छ । कांग्रेसले पाएको प्रदेशसभा (ख) बाट शाही चुनाव लड्ने छन् । कांग्रेसले शाहीलाई पुनः कर्णाली प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेशमा लडाएको नेताहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?