काठमाडौं । २०७४ पछि नेकपा एमालेसँग राजनैतिक सहकार्य गदै आएको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकाललाई नेकपा एमालेले प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार बनाएको छ ।
स्रोतका अनुसार निर्वाचन आयोगमा पेश गरेको बन्द सुचीमा नेता ढकाललाई स्थायी कमिटि सदस्य रघुजी पन्त पछि २ नम्बरमा समावेश गरेको छ ।
एमाले र परिवार दलबीच गत आम निर्वाचन २०७४ मा पनि राजनैतिक सहकार्य भएको थियो भने गत स्थानीय निकायको निर्बाचनमा परिवार दलका उम्मेदवारले एमालेको सुर्य चिन्हबाट प्रतिस्पर्धा गरेका थिए ।
गत मंसिरमा सम्पन्न परिवार दलको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी ओलीले दुइ पार्टीबीचको सहकार्य थप मजबुद हुने घोषणा गरेका थिए । अध्यक्ष ढकाल ओली नेतृत्वको मन्त्रिमण्डलमा शान्ति तथा पुनर्निर्माण मन्त्री समेत बनेका थिए ।
ढकाल सांसदहरुको अन्तराष्ट्रिय संस्था आइएपिपि को एशिया प्रशान्त क्षेत्रको संयोजक समेत हुन् ।
ढकालको उम्मेदवारीको बारेमा बुझ्दा परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले दुइ पार्टी बीचको विगत पाँच वर्ष देखिको सहकार्यले निरन्तरता पाएको प्रतिक्रिया दिदै आगामी निर्बाचनमा सुर्य चिन्हमा बहुमत ल्याई नेकपा एमालेका अध्यक्ष ओलीलाई पुनः प्रधानमत्री बनाई देशको आमुल विकास गर्न परिवार दल क्रियाशील रहने बताए । उनका अनुसार केही प्रदेशमा समेत समानुपातिकमा परिवार दलका नेतालाई उम्मेदवार बनाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया