काठमाडौं । नेकपा एमाले परित्यागको घोषणा गरेका घनश्याम भुसालले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा जुटेका छन् ।
उनी निकट स्रोतका अनुसार भुसाललाई एमालेले टिकट नदिएपनि स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारीमा जुटेका थिए ।
यसअघि रुपन्देही–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए भुसाल । नेकपा एमालेभित्रको वैचारिक र विद्रोही नेताको छवी बनाएका उनलाई एमालेले टिकट नदिएपछि गठबन्धनबाट समेत चुनाव लड्नका लागि प्रस्ताव आएको उनी निकट स्रोतले जनाएको छ ।
शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका भुसाल आगामी निर्वाचनमा रुपन्देही–१ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
सो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रले पाएको छ । घनश्यामलाई माओवादीकै चुनाव चिह्नबाट चुनाव लड्न प्रस्ताव आए पनि उनले कुनै दलको चुनाव चिह्न नलिने बताएको उनी निकट स्रोतले जनाएको छ ।
पार्टीभित्रको आन्तरिक राजनीतिमा सधैँ औला उठाइरहने भुसाल पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष लडेका थिए । पार्टीले सबै पदमा सर्वसम्मत गर्ने तयारी गरे पनि भीम रावल अध्यक्ष र भुसालले उपाध्यक्ष लडेपछि निर्वाचन भएको थियो ।
पार्टी नेतृत्वलाई सधैँ औला उठाइरहने भुसाललाई एमालेले टिकट नदिएपछि एमालेको चौतर्फी विरोध भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया