काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल मृत अवस्थामा फेला परेका छन् ।
शनिबार बिहान ढुंगेल निवास काँडाघारीस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेको एमालेका नेता शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए ।
उनको परिवार बर्दिवासमा रहेका कारण हाल उनी घरमा एक्लै थिए । बिरामी समेत रहेका उनी बाथरुममा चिप्लिएर मृत्यु भएको हो ।
नेकपा माओवादी केन्द्रबाट पहिलो संविधान सभा निर्वाचनमा सभासद बनेका थिए । सशस्त्र द्धन्द्धका क्रममा उनीमाथि कर्तव्य ज्यान मुद्दा लागेसँगै दुई पटक गरी ७ वर्ष भन्दा बढी समय जेल बसेका थिए । तत्कालिन नेकपाको विभाजनपछि एमालेमै बसेका उनी हाल नेकपा एमालेको पोलिटब्यूरो सदस्य रहेका थिए ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया