भीम रावललाई टिकट नदिएपछि समन्वय कमिटी संयोजक शाहले दिए राजीनामा

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावललाई टिकट नदिएको भन्दै अछाम जिल्ला समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । जिल्ला समन्वय कमिटीले डा.भीम रावललाई अछाम क्षेत्र १ बाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा निर्वाचनको लागि सिफारिस गरेको थियो ।

कमिटीको सिफारिस विपरित केन्द्रले अरुलाई नै उम्मेदवार बनाएकोमा नैतिकताका अधारमा उक्त पदमा बसिरहन नहुने ठहरसहित शाहले राजीनामा दिएका छन् । एकल सिफारिस भएका रावलको नाम काटेर केन्द्रले जिल्ला इन्चार्ज झपट बोहरालाई टिकट दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?