राष्ट्रपति भण्डारी अस्पताल भर्ना

लोकपथ
889
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छिन् ।

शनिबार बिहान राष्ट्रपति भण्डारी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको अस्पतालका उपनिर्देशक डा. निरज बमले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति भण्डारीलाई ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने लगायतका समस्या देखिएको छ । अवस्था सामान्य भए पनि परीक्षणकै क्रममा रहेको बलमे बताए ।

उहाँमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने लगायतका समस्याहरु देखिएको छ ।’ उनले लोकपथसँग भने, ‘अहिलेसम्मको अवस्था सामान्य छ, हामी परीक्षणको क्रममा छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?