दिनभर सत्ता लुकामारी

काठमाडौँ, १ कात्तिक -माओवादीका तर्फबाट मन्त्री बनेकालाई हटाउने विषयमा मंगलबार दिनभरजसो नै सत्ता लुकामारी चल्यो । माओवादी मन्त्रीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भयो ।भेटमा देउवाले दाहाललाई आफूलाई अप्ठ्यारो रहेको भन्दै मन्त्री फिर्ता बोलाउन आग्रह गर्दै फिर्ता नभएको खण्डमा बिना विभागीय बनाउने चेतावीसमेत दिन भ्याए । लगत्तै दाहालले वाम गठबन्धनबीच छलफल गरे भने पार्टीका शीर्ष नेताबीच पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्यो ।देउवासँगको भेटसँगै माओवादी मन्त्रीहरू भने सरकारबाट बाहिरिने निर्णय गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री महराले १ बजे र गृहमन्त्री शर्माले २ बजेका लागि पत्रकार सम्मेलनको आयोजना समेत गरे ।महराले पत्रकार सम्मेलनमा सबैलाई धन्यवादसमेत दिन भ्याए । गृहमन्त्री शर्माले भने निर्वाचन सार्ने प्रपञ्चको सूचना आएकाले तत्काल सरकार नछाड्ने निर्णय भएको पत्रकार सम्मेलनमै सुनाए । साँझपख प्रधानमन्त्री देउवाले सबै माओवादी मन्त्रीलाई बिनाविभागीय बनाए, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?