हेर्नुहोस् आजको टप–१५ समाचार (भिडियोसहित)

लोकपथ
0
Shares

१. आज विजया दशमीको तेस्रो दिन, देशभर आज पनि टिका र आर्शिवाद लिएर मनाइँदै, अविरल वर्षाका कारण आफन्तजनमा टिका ग्रहण गर्न जान कठिनाइ

२. मनोनयनको लागि दुई दिन बाँकी रहँदा पनि अझै गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेन, जसपा गठबन्धन र एमालेसँग बार्गेनिङमा, लोसपा गठबन्धनमा सामेल हुने संकेत

३. आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले मनोनयनका दिन विभिन्न विषयमा स्वघोषणा गर्नुपर्ने, सरकारी पदमा बसी पारिश्रमिक वा लाभको पद धारण गरेको व्यक्तिले उम्मेदवारी दिन नपाउने, सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

४. राजनीतिक दलको दवावपछि निर्वाचन आयोगले ग¥यो आचारसंहित परिमार्जन, अब प्रधानमन्त्री र मन्त्रीहरु पनि चुनाव प्रचारप्रसारमा हिँड्न पाउने, तर निर्वाचन आयोगबाट भने अनुमति लिनुपर्ने

५. ४ दिनदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित, बाढीसँगै आएको पहिरोका कारण मुख्य राजमार्गहरु अवरुद्ध, नारायणी नदीले खतराको सतह पार गरेपछि उच्च सतर्कता अपनाउन आग्रह

६. मंसिर ४ को निर्वाचनको लागि समानुपातिक तर्फको मतपत्र छपाइको काम सकियो, छपाइ सकेर प्याकिङको काम सकिएपछि १६५ वटै निर्वाचन क्षेत्रमा पठाउने तयारी

७. यो वर्ष पनि दसैँमा यात्रा सुरक्षित गराउने सरकारको प्रतिवद्धता पुरा भएन, फूलपातीयता ५५६ सवारी दुर्घटना हुँदा ५४ जनाको मृत्यु, हजारभन्दा बढी घाइते

८. असोज २३ गते कोजाग्रत पूर्णीमाका दिन मनोनयन परेका कारण नेपाली कांग्रेसको चियापान प्रभावित, २०३४ सालबाट निरन्तर कोजाग्रत पूर्णीमाको दिन शुभकामना आदानप्रदान र चियापान हुने गरेकोमा यस वर्ष नहुने

९. निर्वाचनका बेला दलबदल र कित्ता परिवर्तनले राजनीतिलाई व्यापारमा झारेको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको टिप्पणी, अवसरवादको अध्यारोमा निष्ठाको जुनकिरी बन्न नेताहरुलाई आग्रह

१०. आगामी निर्वाचनका लागि राप्रपाले देशभर उम्मेवार टुंग्यायो, करिब ७ सय जनाबाट प्रदेश र प्रतिनिधि सभाका उम्मेदवार छनोट गरिने, जिल्लाको वस्तुस्थितीको आधारमा जुनसकै राजनीतिक दलसँग पनि तालमेल गर्न सुझाव

११. भारतीय मुद्रा निरन्तर कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्दै, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले व्याजदर बढाएसँगै भारतीय मुद्रा कमजोर भएको दाबी

१२. पाकिस्तानमा मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, वर्षाका कारण देशभर २० लाख भन्दा बढी घर ध्वस्त, एक लाख भन्दा बढी पशु चौपायाको मृत्यु भएको आशंका

१३. गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणा, गाँजा राखेकै कारण जेलमा परेर कैयौंको जीवन बर्बाद भएको जिकिर

१४. इन्डोनेसियाको जाभा प्रान्तमा फुटबल खेलपछि भएको हिंसामा दोषी देखिएका ६ जनाविरुद्ध आपराधिक अभियोगको मुद्दा दर्ता, दोषी देखिएका उनीहरुविरुद्ध कम्तिमा ५ वर्षको जेल सजाय, घटनापछि लिग वान फुटबल एक साताको लागि स्थगित

१५.कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुने अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीको घोषणा, आफूहरु बलियो टिमसँग रहेको कारण विश्वकप जित्ने दाबी, विश्वकपको दिन नजिकिँदै गर्दा थोरै चिन्ता र उत्साह रहेको भनाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?