पश्चिम तराईमा अविरल वर्षा, जनजीवन प्रभावित

लोकपथ
143
Shares

काठमाडौं । पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको हो ।

वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडा दसैँपनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरु बताउँछन् ।

देशभर नै चाड पर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आर्शिवाद लिन वर्षाका कारण कठिनाइ भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदलि रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण देशभरका विभिन्न सडकहरु अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ गएकाहरु शहर फर्किन पाएका छैनन् भने गाउँमै दसैँको टीका ग्रहण गर्न पनि आफन्तहरुकोमा जान सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?