काठमाडौंमा फूलपातीयता दुर्घटनामा परी ७ जनाको मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा फूलपातीदेखि आज शुक्रवार दिउँसोसम्म विभिन्न घटना/दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । मृत्यु हुनेमा चार पैदल यात्रु र तीन जना मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने भएको प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले चाडपर्वमा पनि सवारीसाधन व्यवस्थापनमा दिनरात नभनी ट्राफिक प्रहरी खटेकाले तुलनात्मक रूपमा यस वर्ष धनजनको क्षति कम भएको बताए ।

काठमाडौं उपत्यकामा शुक्रवार सार्वजनिक सवारीसाधन सामान्य अवस्थामा गुडिरहेका छन् । प्रमुख चोकहरूमा सार्वजनिक सवारीसाधन कुर्ने, ओर्लिने र चढ्ने यात्रुको संख्या उल्लेखनीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?