चुनावी तालमेलका लागि लोसपाका नेताहरु पुगे बालुवाटार

लोकपथ
0
Shares

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनसँग चुनावी सहकार्य अघि बढाउने प्रस्ताव लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनमध्येको दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपाका नेताहरु बालुवाटार पुगेका हुन् ।

आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनको उम्मेदवारको मनोनयनका लागि दुई दिन मात्रै बाँकी रहँदा राजनीतिक दलका नेताहरु चुनावी तालमेलका कसरतमा छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनसँग चुनावी तालमेलका लागि लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी, नेता अनिल झापा र जितेन्द्र सोनल बालुवाटार पुगेका हुन् ।

सिट बाँडफाँट टुंग्याउन कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुबीच बालुवाटारमा जारी बैठककै बीचमा लोसपा नेता बालुवाटार प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?