निर्वाचन आयोगले सार्वजनिक गर्‍याे उम्मेदवारले गर्नुपर्ने स्वःघोषणा

लोकपथ
65
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्नुपर्ने स्वःघोषणा सार्वजनिक गरेको छ । सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वःघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयन पत्र साथ पेस गर्नुपर्ने छ ।

निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ताको कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा भाग लिने उम्मेदवारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ बमोजिम स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि यही २०७९ असोज २३ गते बिहान १० बजेदेखि अपराह्न छ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने भएकोले मनोनयन दर्ता गर्नु अगावै स्पष्ट भई स्वःघोषणापत्रमा दस्तखत गर्नुपर्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?