२० किलो लागुऔषध चरेससहित ३ जना पक्राउ

लोकपथ
130
Shares

रौतहट । बारास्थित सशस्त्र प्रहरी गस्ती टोलीले एउटा अटो रिक्साबाट ठूलो मात्रामा लागुऔषध चरेस बरामद गरेको छ ।

सशस्त्र प्रहरी १२ नम्बर हेक्वा मातहत बारा बेनौली सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको टोलीले आज बिहान पचरौता नगरपालिका ७ स्थित ना १ ह ६२३४ नम्बरको अटोबाट २० किलोग्राम लागुऔषध चरेससहित तीन जनालाई पक्राउ परेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज नगवा टोलका ३० वर्षीय मुकेश श्रीवास्तब, वीरगन्ज छपकैयाका वर्ष १६ का मुस्तुफा देवान र अटो चालक बारा महागढिमाई नगरपालिका १ का वर्ष ३७ का मुस्ताज देवान रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआइजी गणेश ठाडा मगरले बताएका छन् ।

बरामद चरेस र अटो सहित तिनै जनालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरी लाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?