मनोनयनको दिन एमाले कार्यकर्तालाई योगेशले बोलाए फुङ्लिङ बजार

लोकपथ
403
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले उम्मेदवारी दर्ताको दिन नेता कार्यकर्ताहरुलाई ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार बोलाएका छन् ।

आइतबार बिहान ११ बजे मनोनयन दर्ताका लागि नेता भट्टराईले जिल्लामा सक्रिय नेता कार्यकर्ताहरुलाई सदरमुकाम बोलाएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ताको लागि उपस्थित हुन आह्वान गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यहि असोज २३ गते मनोनयन पत्र दर्ताको कार्यक्रम रहेको छ । असोज २३ गते आईतवार दिनको ११स्०० बजे नेकपा एमाले ताप्लेजुङका सम्पूर्ण कमरेडहरु सदरमुकाम फुङ्लिङ बजारमा रहेको पार्टी कार्यालयमा अनिबार्य उपस्थित हुन हार्दिक अनुरोध गर्दछु ।’

यसअघि २०७४ को निर्वाचनमा गृहजिल्ला ताप्लेजुङबाट निर्वाचित भट्टराई आगामी निर्वाचनमा पनि सोही ठाउँबाट निर्वाचन लड्ने तयारीमा रहेका छन् ।
२०६४ र २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट निर्वाचित उनी २०७४ को निर्वाचनमा भने गृह जिल्ला ताप्लेजुङबाट निर्वाचन लडेका थिए ।

निर्वाचन आयोगले तोकेको सीमा अनुसार आगामी मंसिर ४ को निर्वाचनका लागि असोज २१ गते मनोनयनको मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?