१४ चैत्र २०७९, मंगलवार

पर्यटकको हेलिकप्टरद्वारा उद्धार

२०७९,आश्विन,२१,शुक्रवार १३:५२

126
Shares

रसुवा । हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो ।

डानेष्ट्री एयरको हेलिकप्टरले धुञ्चेबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको उक्त एयरले जनाएको छ । रसुवा अस्पताल धुञ्चेका अनुसार पैदल यात्राका क्रममा बाटोमा पछारिएकी ती पर्यटकको नारीमा ठक्कर लागेको जनाइएको छ ।

रसुवाको गोसाइँकुण्ड र लाङ्टाङ हिमाली पदयात्रामा जाने पर्यटक बिरामी परी अत्तालिएको अवस्थामा हेलिकप्टरहरूले छिटोभन्दा छिटो उद्धार गर्ने गरेको पर्यटन व्यवसायी निसान गजुरेलले जानकारी दिए ।

पर्यटकको आगमन समय सुरु भइसकेका कारण हिमाली क्षेत्र रसुवाको गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रका पदमार्गमा रौनकता बढिसकेको पर्यटन व्यवसायीले जनाएका छन् ।

प्रकाशित मिति: २०७९,आश्विन,२१,शुक्रवार १३:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६