यस कारण कांग्रेसले चियापान र शुभकामना आदानप्रदान नगर्ने

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेसले यो वर्ष शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले यो वर्ष शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ ।

नेपाली कांग्रेसका अनुसार कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको हो ।

वि.सं. २०३३ सालमा जननायक वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको थियो । तर आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन (असोज २३ गते) नै पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गर्नु पर्ने भएको कारण यस वर्षकोे असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?