कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

लोकपथ
49
Shares

काठमाडौं । आगामी ४ मंसिरका लागि तय भएको आम निर्वाचनको उम्मेदवारी छनौटका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आव्हान गरेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनको निरन्तर बैठकका कारण बिहीवार अपरान्ह बोलाइएको सो बैठक बस्न नसके पछि शुक्रवार वालुवाटारमा बैठक बोलाइएको हो । जनता समाजवादी पार्टी, नेपाल बाहेक अन्य चार राजनीतिक दलहरुको बैठक सकिएलगत्तै सो बैठक सुरु हुने कांगे्रसका नेताहरुले जनाएका छन् ।

सो बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने छ । २३ असोज भित्र उम्मेदवार छनौट गरी निर्वाचन आयोगमा नाम दर्ता गराउनु पर्ने बाध्यताका बीचमा सो बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?