एमाले जसपा र राप्रपासँग ‘निर्णायक’ वार्तामा

लोकपथ
260
Shares

काठमाडौं । आगामी मंसिर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई तीव्रता दिएको छ ।

पाँच दलीय गठबन्धनमा आवद्ध जसपा नेपालसँग बिहीवार राती अबेरसम्म भएको वार्ता ‘निर्णायक अवस्था’ मा पुगिरहेको बेला एमालेले आज अपरान्ह १ बजे राप्रपासँग पनि ‘निर्णायक’ वार्ता गर्दैछ ।

दुवै पार्टीले तयार पारेको अनौपचारिक सहमतिलाई औपचारिक सहमतिमा टुंग्याउने गरी दुबै पक्षबीच निर्णायक वार्ता हुन लागेको हो । दुबै दलसँग यसअघि विभिन्न चरणमा छलफल भएको र सम्भवतः शुक्रवार नै सहमतिको खाका सार्वजनिक गर्ने गरी वार्तालाई घनिभुत बनाइएको नेताहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?