गठबन्धन छाड्ने जसपाको संकेत, गएन बालुवाटार

लोकपथ
182
Shares

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टीले गठबन्धन छाड्ने संकेत गरेको छ ।

सिट बाँडफाँटको टुंगो लगाउन आज बसेको सत्ता गठबन्धनको बैठकमा जसपा आज पनि सहभागि भएको छैन ।

सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबारको बैठकमा पनि केही समय मात्र सहभागि भएका थिए । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकबीचमै छाडेर जसपा अध्यक्ष यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट गएका थिए ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा असन्तुष्ट जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले र जसपाबीच आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने तयारी भइरहेको बताइएको छ । २२ सिटमा एमाले र जसपाबीच सहमतिको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?