चन्द्रागिरी पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

लोकपथ
260
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ मा रहेको ध्यान केन्द्रमा शुक्रबार बिहान साढे एक बजे पहिरो खस्दा उनीहरुको ज्यान गएको हो ।

देउराली नजिक मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनको डेढ वर्षकी छोरी रहेका छन् । राति १२ बजेतिर पहिरो खसेको बताइएको छ । अहिले उद्धार कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?