रहेनन् वरिष्ठ गायक प्रमोद पाण्डे

लोकपथ
91
Shares

काठमाडौं । वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको ५९ वर्षको उमेरमा काठमाडौंस्थित उनको निवासमै निधन भएको हो ।

२०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाएका छन् । २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित थियो ।

कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत र उनले प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’ बोलको गीत पनि चर्चित थियो । पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?