पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध

लोकपथ
390
Shares

तनहुँ । गत बुधवार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

म्याग्दे खण्डमा राति २ः४० मा र व्यास खण्डमा बिहान ६ः३० मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएका त्यहाँ एक्साभेटर र डोजर परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । राजमार्ग अवरुद्ध भएकाले सयौँ सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?