एमालेसँग आजै सिट बाँडफाँटमा सहमति गर्ने जसपाको तयारी

लोकपथ
611
Shares

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरीएको छ । सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै बिहीबार बाहिरीएको जसपा अब नेकपा एमाले चुनाबी तालमेल गरेर जाने सहमति गर्न लागेको हो । एमालेले जसपालाई मधेस प्रदेशमा १६ सहित २५ ठाउँमा सिट दिने भएपछि अनौपचारिक सहमतिको तयारीमा छ ।

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच निर्वाचन क्षेत्र बाँडफाँटका लागि सहमतिको अन्तिम तयारी भएको र उनीहरूबीच आजै लिखित सहमति गर्ने गरी छलफल भइरहेको छ । एमाले र जसपाका नेताबीच भएको छलफलमा निर्वाचन क्षेत्रको आजै टुंगो लगाउने तयारी भइरहेको बताइएको छ ।

जसपाका एक नेताले पनि बाँडफाँटको टुंगो आजै लगाउने बताए । जसपाले मधेस प्रदेशका ३२ मध्ये १६ सिट पाउने भएपछि चुनाबी तालमेल गरेर जाने सहमति गर्न लागेको हो । धनकुटा, मोरङ, सुनसरी, कपिलवस्तु, बाँके र नवलपरासीमा एक/एक क्षेत्र भागमा पर्ने जसपाको दाबी छ । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच अनौपचारिक सहमति भइसकेको भन्दै लिखित सहमतिमा हस्ताक्षर मात्रै हुन बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?