युरोपा लिग : म्यानचेस्टर युनाइटेडसँग ओमोनिया पराजित

लोकपथ
221
Shares

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३–२ गोल अन्तरले पराजित गरेको छ । बिहीवार राति युनाईटेडको नाटकीय जितमा मार्कोस रसफोर्डले दुई गोल गरे । एन्थोनी मार्सियलले एक गोल थपे ।

ओमोनियोको लागि करिम, निकोलसले एक एक गोल गरे । यस अघि ओमोनियोले खेलमा अग्रता लिएको थियो । जितसँगै युनाईटेडले समूह ई मा ३ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ । ओमोनियो अंक बिहीन हुँदै पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?