बडादसैँको टीका आज पनि लगाइदै

लोकपथ
78
Shares

काठमाडौं । आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ । यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन् । निरन्तरको वर्षाका कारण पनि टीका लगाउन आफन्तकोमा जानेहरु समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?