मोटरसाइकललाई भेलले बगाउँदा १ जनाको मृत्यु, १ बेपत्ता

लोकपथ
624
Shares

काठमाडौं । नुवाकोट ककनी गाउपालीका – १ मा सडकमा एक्कासी आएको भेलले मोटरसाइकल बगाउदा १ जनाको मृत्यु भएको छ भने १ जना बेपता रहेका छन । मामाघरबाट टिका लगाई घर आउने क्रममा सडकमा आएको भेलले मोटरसाइकल बगाएको थियो ।

ककनी गाउँपालिका २ का शिवराम घिमिरेको छोरा ४ वर्षीय श्रेयान र ८ वर्षीया छोरी बेविसालाई सडकको भेलले बगाएको हो । नेपाल प्रहरी र स्थानियको सहयोगमा छोरी २५ मिटर तल गम्भीर अवस्थामा फेलापरेपनि अस्पताल लाने क्रममा उनको मृत्यु भएको हो । छोरा अझै भेटिएको छैन ।

बा ८० प ७९७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा सडकमा बगेको ठूलो भेलले उनीहरुलाई दुवैलाई बगाएको थियो ।काठमाडौं महानगरको फोहोरमैला लैजाने सडकमा ठुलोखोलाबाट ३०० मिटर पर दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?