बारा बस दुर्घटनामा मृतकका परिवारलाई क्षतिपूर्ति दिन प्रचण्डको माग

लोकपथ
117
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । बाराको जितपुर सिमरा बिहीवार बिहान भएको सडक दुर्घटनामा १६ जनाले ज्यान गुमाएका थिए भने २० घाइते भएका थिए ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रचण्डले एक वक्तव्य मार्फत चाडबाडको बेला भएको दुर्घटनाले आफू स्तब्ध भएको बताउँदै परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

अपील

बाराको जितपुरसिमरा सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा ठूलो संख्यामा धनजनको क्षति भएको घटनाले स्तब्ध बनेको छु । दुर्घटनाका मृतकहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

यसका साथै बिभिन्न अस्पतालमा उपचाररत् घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवार र घाइतेहरूलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायसँग अनुरोध छ ।

चाडबाडको समयमा आइपरेको यो दुखमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको र केही दिन निरन्तर वर्षा हुने मौसम विभागले सतर्कता सूचना जारि गरेको स्मरण गराउँदै आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गर्दछु ।

सम्पूर्ण पार्टी पंक्तिलाई प्राकृतिक प्रकोपका घटनामा राहत, उद्धार तथा अन्य सबै किसिमको सहयोगका लागि तत्पर रहन समेत निर्देशन गर्दछु ।

प्रचण्ड
अध्यक्ष, नेकपा (माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?