बारा बस दुर्घटनाका घाइतेको उचित उपचारको व्यवस्था गर्न एमालेको माग

लोकपथ
117
Shares

काठमाडौं । नेकपा एमालेले बारामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । बिहीवार बिहान जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्जमा बस दुर्घटना हुँदा १६ जना यात्रुको ज्यान गएको थियो ।

घटनाको यस दुखद घडीमा मृतकहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै एमालेले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामनाका साथै उचित उपचारको व्यवस्था गर्न माग समेत गरेको छ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चाडबाडका बेला दुर्घटना न्यूनीकरण गर्न विशेष ध्यान दिनुपर्नेमा त्यसो हुन नसकेकाले यति ठूलो मानवीय क्षति भएको छ । सडकलाई सुरक्षित बनाउन यस्ता दुखद घटनाबाट पाठ सिक्दै आवश्यक काम गर्न हाम्रो पार्टी सरकारी निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?