बस दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत

लोकपथ
299
Shares

बारा । बारामा बिहीवार बिहान भएको बस दुर्घटनामा परी भएकामध्ये ११ जनाको शव सनाखत भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतकमा कलैया उपमहानगरपालिका–२ निवासी लीलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका–५ निवासी नन्दकुमारी पुडासैनी, कालिका नगरपालिका निवासी सफल कँडेल, वीरगञ्ज महानगरपालिका–१६ बस्ने सोमप्रसाद चौरसिया, सोही ठाउँ निवासी मन्नीदेवी चौरसिया छन् ।

यस्तै, हेटौँडा उपमहानगरपालिका–७ निवासी शुभलक्ष्मी श्रेष्ठ, सोही स्थान निवासी स्वस्तिका श्रेष्ठ, कलैया उपमहानगरपालिका–१० निवासी नाजलिन खातुन, जीतपुर सिमरा उपमहानगरपालिका–२२ निवासी सुरेश विक, कलैया उपमहानगरपालिका–१० निवासी इताजत अन्सारी र ओखलढुंगा निवासी लालबहादुर बोगटीको पनि दुर्घटनामा मृत्यु भएको छ ।

चार मृतकको सनाखत हुन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र.०६००१ ख ०११० नम्बरको बस खोलामा खसेको हो । बसमा करिब ५० जना यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?