२१ मङ्सिर २०७९, बुधबार

कोइराला पक्षको भेला सुरु, शीर्ष नेता अझै पुगेनन

२०७९,आश्विन,२०,बिहीवार १५:५४

18
Shares

काठमाडौं । सीट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्ने देखी अलग भेलाहरु गर्दै आएका छन् । तर, पूर्व निर्धारित समयमा सुरु भएको भेलामा अझैसम्म कोइराला समुहका शिर्ष नेताहरु भने आईपुगेका छैनन । दोस्रो तहका नेताहरुले बैठक सञ्चालन गरिरहेका छन् ।

समानुपातिक बन्द सुचीमा एकलौटी गरेको भन्दै विरोध गरेपछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो । संस्थापन पक्षका अनुसार कोइराला समुहका ३० प्रतिशत भन्दा बढीलाई समानुपातिक सुचीमा समावेश गरेको दाबी गर्दैै आएका छन तर, कोइराला पक्षले भने समानुपातिकमा मनोमानी गर्ने समूहले प्रत्यक्षतर्फ सिटमा पनि एकलौटी गर्न सक्ने भन्दै निरन्तर खबरदारी कार्यक्रम गरिरहने जनाउँदै आएका छन् ।

प्रकाशित मिति: २०७९,आश्विन,२०,बिहीवार १५:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले नांगो तार व्यवस्थापनका लागि पहल शुरु गरेका छन् । यसका लागि

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको महाभियोग निष्क्रियको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

ताजा समाचार