१५ मङ्सिर २०७९, बिहीवार

थाइल्यान्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु

२०७९,आश्विन,२०,बिहीवार १५:२६

180
Shares

काठमाडौं । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीवार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पीडितहरूमा बालबालिका र वयस्क दुवै रहेको प्रहरीले एक विज्ञप्तिमा भनेको छ ।

बन्दुकधारी एक पूर्वपुलिस अधिकारी रहेको र उनको खोजी भइरहेको जनाइएको छ । प्रधानमन्त्रीले सबै निकायलाई कारबाही गर्न र दोषीलाई पक्राउ गर्न सचेत गराएको सरकारी प्रवक्ताले बताए ।

थाइल्यान्डमा सामूहिक गोलीबारीका घटना यदाकदा हुने गरेका छन् । सन् २०२० मा एक क्रुद्ध सिपाहीले गोली चलाउँदा कम्तिमा २९ जनाको मृत्यु भएको थियो ।

एजेन्सी

प्रकाशित मिति: २०७९,आश्विन,२०,बिहीवार १५:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो

तीन चिनियाँ अन्तरिक्ष यात्रीहरू आफ्नो पहिलो इन–अर्बिट चालक दल हस्तान्तरण गर्न तियानगोेङ अन्तरिक्ष स्टेसनका लागि प्रस्थान गरेका छन् । नासाको

काठमाडौं ।  क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ मङ्गलबार सार्वजनिक तथ्ताङ्कले अर्थतन्त्र सुस्त हुने

काठमाडौं । सोमालियाको एक होटलमा आतङ्ककारीहरुले हमला गरेको बताइएको छ । सोमालियाको राजधानी मोगादिसुमा रहेको भिल्ला रोसा होटलमा आइतबार राति

ताजा समाचार

स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज
 २०७९,मङ्सिर,१५,बिहीवार २०:३४